कर्मचारी ब्यक्तिगत बिवरण हेर्ने तरिका (PIS Login)

१. नयाँ प्रयोगकर्ता दर्ताको लागि फारम भर्नुहोस् भन्नेमा Click गर्नुहोस् ।
२. प्रयोगकर्ताको संकेत नम्बर ,जन्म मिति , पासवर्ड र पासवर्ड पुन type गर्नुहोस ।
३. यदि तपाई को Mobile number राष्ट्रिय किताबखाना (निजामती)मा अद्यावधिक छ भने आफै display हुन्छ , यदि छैन भने राष्ट्रिय किताबखाना (निजामती)मा सम्पर्क गर्नुहोस।
४.विवरणहरु राखेर दर्ता गर्नुहोस भन्ने बटन (Button) मा Click गरे पश्चात राष्ट्रिय किताबखाना (निजामती)मा दर्ता भएको तपाईको मोबाईलमा ५ अंकको OTP (One Time Password) Code आउने छ ।
५. उक्त OTP Code लाई तपाईको स्क्रिनमा देखा परेको Enter your OTP भन्ने Box मा राखेर अन्तिममा रहेको पेश नामक बटन मा Click गर्नुहोस।
६. उक्त बटनमा Click गरेपछि बधाई छ तपाईको खाता सफलतापुर्वक सक्रिय भयो भनेर देख्न सक्नु हुनेछ।
७.तपाईको खाता सक्रिय भए पश्चात तपाईको ID(संकेत नम्बर) र दर्ता गर्दा राख्नु भएको Password को सहायताले Login गर्न सक्नु हुनेछ ।