कर्मचारीले आफ्नो प्रयोगकर्ता (User ID) र (PASSWORD) रजिस्टर गर्ने तरिका
  • Eservice.pis.gov.np मा जानु होस
  • नयाँ प्रयोगकर्ता दर्ताको लागि फारम भर्नुहोस् भन्ने buttom मा click Click गर्नुहोस ।
  • प्रयोगकर्ताको संकेत नम्बर राख्नुहोस ।
  • पासवर्ड राख्ने ठाउँमा Click गर्नुहोस ।
  • यदि तपाईको Mobile number पहिला अद्यावधिक छैन भने “माफ गर्नु होला तपाइको Mobile number भेटिएन” भन्ने सूचना देखा पर्छ ।
  • तेस्तो सूचना देखा परेपछि OK buttom मा click गरेर आफ्नो Mobile number राख्नुहोस ।
  • Email र Mobile number राखे पश्चात तपाई को विवरण सही हो वा होइन भनेर तल left साइडमा check box मा tick गर्नुपर्ने हुन्छ र विवरण सही भए सो box मा tick (√) लगाएर पेश गर्ने गर्नुहोस ।
  • बिबरण पेश गरेसकेपछी Mobile मा ६ अंक को OTP (One time password) code जान्छ ।
  • उक्त OTP राखिसके पछि तपाईले पुन संकेत नम्बर राखेर आफ्नो पासवर्ड राख्न सक्नुहुनेछ ।
  • पासवर्ड राख्दा त्यहाँ दिएको सर्तहरु पुरा गर्नु पर्ने हुन्छ (पासवर्ड कम्तिमा १ क्यापिटल अक्षर, १ नम्बर र १ विशेष वर्णको साथ कम्तिमा ८ क्यारेक्टर लामो हुनुपर्दछ )।
  • अन्तिम मा दर्ता गर्नुहोस गरेपछि तपाई को प्रयोगकर्ता सफलतापुर्बक दर्ता हुने छ त्यसपछी आफ्नो user id र password राखेर login गर्न सक्नु हुनेछ ।
  • लगिन भए पछी माथि तिर व्यक्तिगत विवरण मुद्रण भन्ने बटनमा click गरेर आफ्नो विवरण Print गर्न सक्नुहुनेछ ।